झापा । झापामा पनि कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ ।
बजारमा बालबालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डीमा प्रयोग भएको रङ्ग सम्बन्धमा विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अखाद्य रङ्ग (रोडामाइन बी) पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न आग्रह गरेको छ ।
अनुमति लिएका, लेवल भएका बाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउनका लागि आवश्यक अनुगमन र नियमन गरिदिन कार्यालयले आग्रह गरेको छ ।
जसको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई पठाइएको छ ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



