एमाले दमक -५ को नेतृत्व चयन,अध्यक्षमा उप्रेती निर्बाचित

ताजा समाचार राजनीति

१ भाद्र,दमक ।नेकपा एमाले दमक ५ वडा कमिटीको नया नेतृत्व चयन भएको छ ।
शुक्रबारबाट शुरु भएको पार्टीको दोस्रो अधिवेशनमा शनिबार निर्वाचनमार्फत नयाँ समिति चयन भएको हो । निर्बाचित समितीको अध्यक्षमा रोहितकुमार उप्रेती( किरण) चयन भएका छन् ।उनीसंग प्रतिष्पर्धामा रहेका जुद्धबहादुर भण्डारी (खड्ग)लाई पराजित गर्दै अध्यक्षमा निर्बाचित भएका निर्बाचन मण्डलका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा गीतादेवी निरौला निर्वाचित भएकी छिन् । उनीसंग उपाध्यक्ष पदका लागि सम्झना सिवा परियार पराजित भएका छन् ।
सचिबमा हिन्दबहादुर बुढाथोकी उपसचिवमा गम्भिरा दाहाल र रामप्रसाद रिमाल निर्वाचित भएका निर्बाचन मण्डलका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *