गौरादह / गौरादह उद्योग वाणिज्य संघको यही जेठ ९ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार दिलबहादुर खत्रीप्रति उद्योगी–व्यवसायी तथा स्थानीयवासीहरूले ठूलो आशा व्यक्त गरेका छन्। खेलकुद क्षेत्रबाट आफ्नो पहिचान बनाएका खत्री विगत ३० वर्षभन्दा लामो समयदेखि गौरादहमा सफल व्यवसाय गर्दै आएका व्यक्तित्व हुन्।
संघका वर्तमान उपाध्यक्षसमेत रहेका खत्री स्वतन्त्र छवि, शान्त र सालिन व्यक्तित्वका रूपमा परिचित छन्। व्यवसायिक अनुभव, इमानदार नेतृत्व, सामाजिक योगदान तथा गौरादहको आर्थिक विकासप्रतिको स्पष्ट दृष्टिकोणसहित उहाँको उम्मेदवारीले उद्योगी–व्यवसायीहरूको साझा हित, एकता र समृद्धिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
स्थानीय व्यवसायीहरूका अनुसार गौरादह उद्योग वाणिज्य संघलाई अझ सशक्त, सक्रिय र व्यवसायमैत्री संस्थाका रूपमा अगाडि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको बेला खत्रीको उम्मेदवारी अर्थपूर्ण मानिएको छ। निर्वाचन नजिकिँदै जाँदा उहाँप्रति समर्थन र शुभेच्छा बढ्दो क्रममा रहेको बताइएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



