विश्व प्रेस स्वतन्त्रता दिवस:झापाका राजनीतिक दलले गरे ५ बुँदे साझा प्रतिवद्धता

ताजा समाचार राजनीति


झापा/झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि साझा प्रतिबद्धता गरेका छन् । मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ’प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तर सम्वादमा सहभागी राजनीतिक दलहरुले झापा साझा प्रतिवद्धता जनाएका हुन् ।बिर्तामोडमा आज आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका छन् ।नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एकीकृत समाजवादी झापाका अध्यक्ष, बेदराज रेग्मीले ५ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।जनता समाजवादी पार्टी झापाका अध्यक्ष समर राई, जनमत पार्टी झापाका अध्यक्ष भोटुलाल राजवंशी, नागरिक उन्मुक्ति पार्टी झापाका अध्यक्ष बिरबहादुर खवास, नेपाल कम्युनिष्ट पार्टी झापा इन्चार्ज सुमन सिंह सिले संयुक्त रुपमा प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुव्रत न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन सचिव राजु पाठकले गर्नुभएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *