एमाले कटारी नगर कमिटीको अध्यक्षमा नेत्र श्रेष्ठ निर्वाचित

ताजा समाचार राजनीति

झापा ।

उदयपुर जिल्लाको नेकपा एमाले कटारी नगर कमिटीको अध्यक्षमा नेत्र श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। एमाले कटारी नगर कमिटिको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो।

श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय एमाले कटारी नगर कमिटी गठन गरिएको एमाले उदयपुर जिल्ला कमिटीका उपसचिव हेम खड्काले जानकारी दिनुभयो।

कटारीमा सम्पन्न अधिवेशनले चयन गरेको नगर कमिटिको उपाध्यक्षमा शुसिला राउत चयन हुनुभएको छ। यस्तै सचिवमा राजकुमार थापा, उसचिवमा तारा तामाङ र तिलक बहादुर मगर चयन हुनुभएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *