जीवन चक्र समाजले गर्यो शुभकामना आदानप्रदान

ताजा समाचार समाज स्थानिय हाम्रो झापा

बेनुराज प्रसाई
दमक/ झापाकाे दमकमा रहेकाे समाजिक संस्था जीवन चक्र समाजले आज आउदै गरेकाे नयाँ वर्ष २०८१ सालकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

केही बर्ष अघिदेखि दमकमा समाजिक क्षेत्रमा सक्रिय देखिदै आएकाे समाजिक संस्था जीवन चक्र समाज नेपालले दमकमा रहेका विभिन्न संघसंस्थाहरुकाे उपस्थितिमा आज बिहान २०८० सालकाे बिधाई तथा आउदै गरेर्काे २०८१ सालकाे स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

संस्थाका उपाध्यक्ष बेनुराज प्रसाईकाे संयोजकत्वमा भएकाे साे कार्यक्रममा प्रमुख अतिथि जेष्ठ अभिभावक छविरमण न्याैपानेले ब्यानर वाचन गरेर कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे । साथै समाजिक ब्याक्तित्व दुर्गा काफ्ले, राजकुमार खड्का,डा. लेखनाथ न्याैपाने राजु निराैला लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे कार्यक्रममा स्वागत मन्तब्य लक्की शिटाैलाले राख्नुभएको थियाे । संस्थाका सचिव गणेश प्रधानले कार्यक्रम संचालन गर्नुभएकाे कार्यक्रममा संस्थाका गतिविधिहरुलाई संस्थाका अनुसासन् संयाेजक वासुदेव काफ्लेले प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रममा बिभिन्न संघ संस्था समाजिक क्षेत्र तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे कार्यक्रम समिति संयाेजक डिल्ली प्रसाद अधिकारीले अब आउदा दिनहरुमा जीवन चक्र समाज नेपालका कार्यक्रमहरु ससक्त ठंगले प्रस्तुत हुने बिषयमा बाेल्नुभएकाे थियाे । संस्थाका अध्यक्ष गणेश प्रसाद गाैतमले कार्यक्रमकाे बारेमा प्रस्ट पार्नुभएकाे थियाे भने साेकार्यक्रमका संयाेजक संस्थाका उपाध्यक्ष बेनु प्रसाईले उपस्थित सबैमा शुभकामना सहित कार्यक्रमकाे समापन गर्नु भएकाे थियाे ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *