इलाम । पत्रकारको क्षमता बिकास गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका ४० जना पत्रकारको सहभागितामा तीन दिने तालिम सुरु भएको हो।
एक कार्यक्रमका बीच सोमबार प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको उद्घाटन गरेका थिए। तालिमको उद्घाटन गर्दै बस्नेतले प्रकृति र संस्कृतिको प्रवर्धन गरे मात्र पर्यटनको विकास सम्भव रहेको जिकिर गरे ।
पर्यटकीय क्षेत्रको विकास र उजागरका लागि तीन तहकै सरकारको समन्वय अनिवार्य रहेको उनको भनाइ थियो । त्यस्तै, सडकले पर्यटकीय क्षेत्रलाई जोड्न सके मात्र यस क्षेत्रको प्रवर्धन गर्न सकिने बस्नेतको धारणा थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी, पर्यटन कार्यालय काँकरभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेल, करफोक खलंगा सामुदायिक होमस्टेका परिकल्पनाकार चन्द्र सापकोटा, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना, पर्यटन पत्रकार मञ्च झापाको समन्वय तथा पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा तालिम सञ्चालन भएको हो ।
पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष सुब्रत न्यौपाने तथा सञ्चालन सहसचिव तिलक योञ्जनले गरेका थिए ।
तालिमको सहजीकरण पर्यटन कार्यालय काँकरभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेल, लोकपरिकारका अन्वेषक केदार शर्मा, विराट अनुपम लगायतले गर्ने कार्यक्रम रहेको छ ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



