पाकिस्तान-भारत युद्धविराम घोषणा

अन्तर्राष्ट्रिय ताजा समाचार


झापा/पाकिस्तानका विदेशमन्त्रीले इशाक दारले भारतसँग युद्धविराम भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा लगतै सामाजिक सञ्जाल एक्स मार्फत दारले भारतसँग युद्धविराम सहमति भएको बताएका हुन् ।
‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन्,’ उनले भनेका छन्,‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।’
भारत र पाकिस्तानले शनिबार एकअर्कामाथि हमलाको आरोप लगाइरहेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्ततामा युद्धविराम घोषणा भएको हो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *