झापा/पाकिस्तानका विदेशमन्त्रीले इशाक दारले भारतसँग युद्धविराम भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा लगतै सामाजिक सञ्जाल एक्स मार्फत दारले भारतसँग युद्धविराम सहमति भएको बताएका हुन् ।
‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन्,’ उनले भनेका छन्,‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।’
भारत र पाकिस्तानले शनिबार एकअर्कामाथि हमलाको आरोप लगाइरहेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्ततामा युद्धविराम घोषणा भएको हो ।

Share