भारत -पाकिस्तान तनावका कारण आइपिएल २०२५ स्थगित

खेलकुद ताजा समाचार

भारत र पाकिस्तानबीचको सीमा तनावका कारण आइपिएल २०२५ का बाँकी खेल स्थगित भएका छन्।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले आइपिएल २०२५ का खेल तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

दुई देशबीचले एकअर्कालाई रकेट आक्रामण गर्न थालेपछि बिहीबार राति धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल १०.१ ओभर पछि रद्द भएको थियो।

आइपिएलअन्तर्गत शुक्रबार लखनऊमा लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने तय थियो।

बिहीबार धर्मशालामा खेल रद्द भएपछि दुवै टोलीका खेलाडी र कर्मचारीहरूलाई धर्मशालाबाट लगभग ८५ किलोमिटर टाढा रहेको पठानकोटबाट विशेष रेलमार्फत दिल्ली लगिएको छ।

आइपिएल २०२५ मा हाल ५८ खेलहरू भइसकेको छ। समूह चरणमा खेल्न बाँकी १२ खेलहरू छन्। जसमध्ये लखनऊ ९२०, हैदराबाद, अहमदाबाद ९३०, दिल्ली, चेन्नई, बेंगलुरु ९२०, मुम्बई, जयपुरमा हुने तय छ। प्लेअफ हैदराबाद र कोलकातामा खेल्ने तय थियो।

यता पाकिस्तानमा सञ्चालन भइरहेको पाकिस्तान सुपर लिग ९पिएसएल० भने सीमा तनावका कारण युएईमाा सारिएको छ। यो सिजन पिएसएलका आठ खेल बाँकी छन्।

बिहीबार कराँची किंग्स र पेशावर जाल्मीले रावलपिंडीमा खेल खेल्ने तय थियो। तर जुन आपतकालीन बैठकपछि यो खेल स्थगित गरिएको थियो।
पिएसएलमा आबद्ध विदेशी खेलाडीहरू पाकिस्तानबाट युएई गएका छन्। युएईमा सारिए पनि कुन स्थानमा पिएसएलका बाँकी खेल हुने विषयमा भनिएको छैन।पिएसएलका चार खेल रावलपिंडीमा, एक मुल्तानमा र अन्तिम तीन लाहोरमा हुने तय थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *