दमक — नेकपा एमाले गौरादह नगर कमिटीको नगर अधिबेशन २०८१ जेठ ४ र ५ गते गर्ने निर्णय भएको छ ।
शुक्रबार भएको नगर कमिटीको दशौ पुर्ण बैठकले सो निर्णय गरेको एमाले गौरादह नगर अध्यक्ष मित्रदेव काफ्लेले जानकारी दिए।
नेपाल एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लिला कट्टेल कार्कीको प्रमुख आतिथ्यतामा भएको बैठकमा एमाले प्रदेश उपसचिव जलवर्षा राजवंशी चौधरी, प्रदेश लेखा आयोग संयोजक मदन अधिकारी, झापा जिल्ला कार्यबाहक अध्यक्ष प्रेम गिरी, झापा जिल्ला सचिवालय सदस्य तथा ५ नम्बर क्षेत्रिय संयोजक तुलसी कार्की लगायतको उपस्थित रहेको नगर कमिटी सदस्य झरेन्द्र खतिवडाले जानकारी दिए ।

What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



