नेपालमा मिडियामाथि बढ्दो खतरा’ बार्षिक प्रतिवेदन सार्वजनिक

ताजा समाचार


झापा /विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्व सन्ध्यामा मिडिया एक्सन नेपालले ’त्रासदेखि दण्डहीनतासम्मः नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन आज काठमाण्डौमा आयोजित एक समारोहबिच सार्वजनिक गरेको छ।
मे ४, २०२४ देखि मे १, २०२५ सम्मको अवधिमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिका उल्लंघनका घटनाहरू समेटिएको प्रतिवेदन मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।
मिडिया एक्सन नेपालका अनुसार यस वर्ष ३२ वटा प्रेस र अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना प्रलेखिकरण भएका छन्, जसले ४० जना व्यक्ति र सञ्चार गृहलाई प्रभावित पारेका छन् । तीमध्ये २ जना पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ३ जना पत्रकारको गिरफ्तारी (संस्कृति रिपोर्टिङ र अदालतको अवहेलनासम्बन्धी), ३ वटा सूचनाको अवरोध, २ वटा उपकरण नियन्त्रणमा लिने घटना र २४ जना पत्रकार र मिडिया संस्थालाई लक्षित गर्दै गरिएका २२ वटा धम्की र त्रासका घटनाहरू रहेका छन्।
प्रतिवेदनमा राज्य तथा गैर–राज्य पक्षबाट भएका उल्लंघनहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ। १६ वटा घटना सरकारी निकायसँग, १ विदेशी दूतसँग र २३ वटा गैर–राज्य पक्षसँग सम्बन्धित रहेका छन्। पत्रकार सुरेश रजकको २०२५ मार्च २८ मा भएको राजसंस्था समर्थक प्रदर्शनको क्रममा हत्या, र पत्रकार गजेन्द्र बुढाथोकीलाई भ्रष्टाचार रिपोर्टिङको कारण चिनियाँ दूत चेन् सोंगबाट धम्की दिइएको घटना विशिष्ट रूपमा उजागर गरिएको छ।
प्रभावितमध्ये महिला पत्रकार सबिना कार्की प्रहरीद्वारा प्रयोग गरिएको पानीको फोहराबाट घाइते भएकी थिइन्, जसले पत्रकारितामा महिला पत्रकारहरूलाई पर्ने विशिष्ट जोखिमलाई झनै प्रस्ट पारेको छ। कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट र समाधान दैनिक जस्ता प्रमुख मिडिया संस्थाहरू आक्रमणको शिकार हुदै अवरोध र प्रतिशोधबाट अछुतो नरहेको प्रतिवेदनले देखाएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *