दमक नपाको स्करपियो कटारीमा दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाईते

ताजा समाचार हाम्रो झापा


झापा/झापाको दमक नगरपालिकाकाका कर्मचारी र जनप्रतिनिधि सवार सवारी उदयपुरको कटारीमा दुर्घटनामा परेको छ । चितवनबाट झापा तर्फ आउदै गरेको मे १ च ३०४० नम्बरको स्करपियो अनियन्त्रत भइ फलामको बेरियारमा ठोकिएर दुर्घटना भएको थियो ।
आज अपरान्ह ४.१० बजे कटठारी नगरपालिका ६ सोमबारे भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दमक नगरपालिकाका कानून अधिकृत झापा दमक नगरपालिका वडा नं ३ बस्ने बर्ष ५५ को माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको हो । यस्तै दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारी, दमक ६ का वडा सदस्य कमल श्रेष्ठ, दमक नगरपालिकाका सवारी चालक जिल्ला झापा दमक नगरपालिका वडा नं ९ बस्ने बर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका वडा नं १ बस्ने बर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका वडा नं २ बस्ने बर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका वडा नं। १ बस्ने बर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको छ । इलका प्रहरी कार्यालय कटारीका डिएपसपी कमल बजगाइँले सामान्य घाइतेको कटारीको र गम्भीर घाइतेको अन्यत्र रिफर गरिएको जानकारी दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *