बुद्धशान्ति गाउँपालिकाले निजी विद्यालयको मासिक शुल्क निर्धारण गर्‍यो

ताजा समाचार मुख्य समाचार

झापा/झापाको बुद्धशान्ति गाउँपालिका ले पालिकाभित्र सञ्चालनमा रहेका निजी (संस्थागत) विद्यालयका लागि नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी अधिकतम मासिक शुल्क निर्धारण गरेको छ।
गाउँपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै शिक्षा समितिको ०८२ चैत २२ को निर्णयअनुसार विद्यालयहरूले लिन पाउने अधिकतम शुल्कको सीमा तोकिएको जनाएको हो। निर्णयअनुसार नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि फरक–फरक शुल्क सीमा निर्धारण गरिएको छ।


निर्धारित शुल्कअनुसार नर्सरीका लागि रु २६००, एलकेजी २७००, युकेजी २८००, कक्षा १ का लागि २९०० र कक्षा २ का लागि ३००० रुपैयाँ तोकिएको छ। त्यसैगरी कक्षा ३ देखि १० सम्म क्रमशः रु ३१०० देखि ३८०० सम्म तथा कक्षा ११ र १२ का लागि क्रमशः रु ३९०० र रु ४००० अधिकतम मासिक शुल्क निर्धारण गरिएको छ।
गाउँपालिकाले तोकिएको शुल्कभन्दा बढी रकम असुल गर्न नपाइने स्पष्ट पारेको छ र सबै विद्यालयलाई निर्धारित सीमा कार्यान्वयन गर्न आग्रह गरेको छ। यस निर्णयले अभिभावकलाई शुल्कमा एकरूपता दिलाउने अपेक्षा गरिएको छ।
यता प्याब्सन बुद्धशान्तिले पनि गाउँपालिकासँग सहमतिमै शुल्क निर्धारण गरिएको जनाएको छ। प्याब्सन बुद्धशान्तिका अध्यक्ष तिलक पाख्रिनले सहमतिका आधारमा शुल्क तय गरिएको जानकारी दिएका

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *