गौरादहमा पहिलोपटक: गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलमा शैक्षिक सत्र २०८२ देखि रोबोटिक्स, IoT र AI कक्षा सुरु

ताजा समाचार शिक्षा

गौरादह, झापा — गौरादह नगरपालिकाको प्रतिष्ठित शैक्षिक संस्था गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले आगामी शैक्षिक सत्र २०८२ देखि रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (IoT) र कृत्रिम बौद्धिकता (AI) सम्बन्धी कक्षा सुरु गर्ने घोषणा गरेको छ। प्रविधिमैत्री र भविष्यकेन्द्रित शिक्षातर्फको यो कदम गौरादहमा पहिलोपटक लिन लागिएको ऐतिहासिक प्रयास हो।

विद्यालयले विद्यार्थीहरूलाई प्रारम्भिक तहदेखि नै वैज्ञानिक सोच, नवप्रवर्तन र प्रयोगात्मक सिकाइतर्फ अभिमुखीकरण गर्ने उद्देश्यले PI Innovation को प्राविधिक सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।

कार्यक्रम अन्तर्गत:

विद्यार्थीहरूले हातले बनाउने रोबोटिक्स परियोजनामा काम गर्नेछन्,

स्मार्ट टेक्नोलोजी र उपकरणहरूको प्रयोग सिक्नेछन्,

र बालमैत्री AI सिकाइ मार्फत डिजिटल युगको आधारभूत समझ हासिल गर्नेछन्।

विद्यालयका शिक्षक राम तामाङले जानकारी दिँदै भने, “हामी गोल्डेनरहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी, भविष्यका आवश्यकता अनुसार प्रविधिमा सक्षम बनाउने दिशामा अगाडि बढेका छौं। यस कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, समस्या समाधान क्षमता र वैज्ञानिक सोच विकासमा टेवा पुर्‍याउनेछ।”

गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले यसअघि पनि नगरपालिका स्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै गौरव प्राप्त गरिसकेको छ। अब प्रविधिमा आधारित कक्षा सुरु गर्दै विद्यालयले शैक्षिक गुणस्तरलाई अझ उचाइमा लैजाने तयारी गरेको छ।

रोबोटिक्स र AI जस्ता विषयवस्तुलाई विद्यालयस्तरमै समावेश गर्ने गोल्डेन सनराइजको निर्णयले गौरादह क्षेत्रका लागि शैक्षिक क्षेत्रको नयाँ सम्भावनाको ढोका खोलेको विश्लेषण गरिएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *