पत्रकार उपचार सहयोग कोषमा सृजनाको ५१०० सहयोग

आर्थिक ताजा समाचार

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा यसका सदस्य सृजना नेपालीले आज पाँच हजार एक सय रुपैयाँ सहयोग गरेकी छन् ।

आफ्नो जन्मदिनको दिनको सन्दर्भ पारेर आज सृजनाले प्रेस चौतारी झापाको कार्यालयमा नै आएर उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

पत्रकार उपचार सहयोग कोषका संयोजक भीमा शिवाकोटीलाई रकम हस्तान्तरण गरेपछि सृजनाले भनिन्, ‘अनावश्यक तडक भडकमा खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई पछ्याउनुभन्दा रचनात्मक उद्देश्यले स्थापना गरिएको कोषमा सहयोग गर्नु उचित लागेको हो ।’

पत्रकार उपचार सहयोग कोषका परिकल्पनाकार, संगठनका केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, सदस्य अस्मिता साँखी लगायतको उपस्थितिमा सृजनाले सो रकम हस्तान्तरण गरेकी हुन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *