दमकमा एमालेको जनजागरण सभाको तयारी पुरा

ताजा समाचार राजनीति



दमक/झापाको दमकमा नेकपा एमालेले गर्ने जनजागरण सभामा एक लाख मानिस उतार्ने भएको छ । भोली चैत ३० गते दमकको पशुहाटमा हुने सभाको प्रचारका लागि आज मोटरसाइकल र्याली गरिएको छ । दमकदेखि शुरु भएको र्याली गौरीगन्जमा गएर टुगिएको थियो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने जानकारी दिए । सभा स्थलमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा राईले संघीय लोकतान्त्रीक गणतन्त्र माथि औला उठाउने तत्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको बताए । हामीले स्थापना गरिएको संघीय गणतन्त्र जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्ध हो, उनले भने– त्यसकै उपलब्धी रक्षाका लागि दमकमा सभा गरिन लागेको हो ।
चैत १५ गते काठमाण्र्डाैँमा हिंसा भड्काउने, लुटपाट गर्ने समुहलाई कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराइने राईले बताए । प्रतिगमनकारी शक्तिहरुलाई हामी जवाफ दिन चहान्छौ, परिवर्तनको पक्षमा जनता जुनसुकै मुल्य चुकाउन तयार रहेका छन्, राईले भने, संघीय लोकतान्त्री गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक आर्थिक रुपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन् । उनले सबै खाले यस्ता अराजक गतिविधिलाई निस्तेज पार्न नेपाली जनता सक्षम रहेको बताए ।
किन दमकमा सभा ?
शेरधन राई– अहिले मुलुकको सिंगो कम्युनिष्ट आन्दोलनको नेतृत्व दमकले गरिराखेको छ । सिंगो मुलुकको नेतृत्व दमकले नै गरेको छ । यो दमकमाथि अहिले आक्रमण भइरहेको छ, सबैको निसानामा दमक परेको छ । केन्द्रको निसानाको प्रहारमा केपी शर्मा ओली हुनुहुन्छ, हामी यहीँ ठाउँबाट यी प्रहारहरुलाई यी घेराबन्दीहरुलाई, ती प्रहारहरुलाई चिर्न चहान्छौ, परास्त गर्न चहान्छौ । हामी सबै खालका अफवाह र लान्छनालाई चिर्दै खण्डन गर्दै परिवर्तनकालमा खास गरि जनताले चुनेका प्रतिनिनिधिहरुले राज्य सञ्चालन गर्ने प्रणाली स्थापित भएपश्चात हामीले प्राप्त गरेका उपलब्धी र प्रगतिहरु सुधारका कामका फेरिहिस्त भोली सभामा राख्ने छौ । राजाहरुको पालामा जनताको जिवनस्तर के थियो र हामीले परिवर्तन यो मुलुकमा गरेपश्चातको फेरिहिस्त हामीले राख्ने छौ ।
सभामा कति सहभागीता
झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो संख्यामा सहभागी रहने राईले जानकारी दिए । यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य संख्यामा सहभागी रहने उनले जानकारी दिए । पूर्वबाट आउने सहभागीहरुलाई रतुवा पुल पूर्वबाट नै सभा स्थलमा र्याली सहित प्रवेश गराइने छ । यस्तै पश्चिमबाट आउनेहरुलाई पश्चिम स्टेनबाटै र्याली सहित सभामा प्रवेश गर्ने छन् ।
सभामा झापामा रहेका सबै जातिका झाकीँ प्रदर्शन हुने छन् । यस्तै बिभिन्न कलाकारहरुले समेत प्रस्तुति दिने छन् । सभालाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *