झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ ।
हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । विगतमा हाउजी, मिनि मेलाका कारण विवाद हुने गरेको र त्यसले नगरको सामाजिक वातावरणमा समेत प्रभाव पर्ने भनेर सिफारिस नदिने निर्णय गरेको हो । यस अघि जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दलका नेतृत्व र पालिकाका प्रमुख विचको बैठकले नै अनुमति नदिने निर्णय गरेको थियो ।
दमक नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय उत्पादनले प्रबद्र्धन पाउने र रोजगारी सिर्जना हुने किसिमका मेलालाई मात्र अनुमति दिने निर्णय गरेको छ । बिगतमा दमकमा हाउजीका नाममा जुवाजन्य गतिविधि हुने गरेको थियो । नगरपालिकाको निर्णयले यस वर्ष दमकमा दसै तिहारमा हाउजी नहुने भएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



