सुजन गौतम
दमक/ ट्राफिक प्रहरी कार्यालय दमकले आर्थिक वर्ष २०८१–०८२ को फागुन महिनासम्मको मासिक राजस्व संकलनको विवरण सार्वजनिक गरेको छ। रिपोर्ट अनुसार, विभिन्न सवारी साधनबाट ठूलो मात्रामा राजस्व संकलन गरिएको छ।
ट्रक र टिफरबाट ७६ वटा सवारी साधनको माध्यमबाट ५७ हजार ६ सय रुपैयाँको राजस्व उठेको छ। साथै, ५९ वटा बसबाट ४२ हजार ५ सय रुपैयाँको राजस्व संकलन भएको छ। कार र जिपबाट २ सय ८३ सवारी साधनको माध्यमबाट २ लाख २ हजार ५ सय रुपैयाँको राजस्व संकलन गरिएको छ।
ट्याक्टरबाट २० वटा सवारी साधनका लागि ३३ हजार ५ सय रुपैयाँ राजस्व उठाइएको छ भने, मटरसाईकलबाट ७ सय ४१ सवारी साधनको माध्यमबाट ५ लाख ५४ हजार रुपैयाँको राजस्व संकलन भएको छ। सिटि र टेम्पोबाट ४ सय ७३ सवारी साधनको माध्यमबाट २ लाख ४८ हजार ५ सय रुपैयाँको राजस्व उठाइएको छ। अन्य सवारी साधनबाट १ गरि ५ सय रुपैयाँको राजस्व संकलन भएको छ।
यसरी, जम्मा १ हजार ६ सय ५५ वटा सवारी साधनबाट ट्राफिक प्रहरी कार्यालय दमकले कुल ८ लाख ४० हजार १ सय रुपैयाँको राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख जनक तिम्सिनाले बताए ।
यस सफलता पछि, ट्राफिक प्रहरी कार्यालय दमकले आगामी महिनाहरूमा पनि सवारी साधनको दुरुपयोग नियन्त्रण गर्दै, कडाईका साथ राजस्व संकलनको प्रक्रिया जारी राख्ने बताएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



