झापा— मङ्गलवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार नारायण दाहाल ३९ मतका साथ निर्वाचित भएका छन्।
६८ वर्षीय दाहालले नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गरेका हुन्।
यसअघि शर्माको उम्मेदवारीको पक्षमा केवल १७ मत खसेको थियो। राष्ट्रियसभामा मङ्गलवार भएको निर्वाचनमा ५६ सदस्य उपस्थित थिए।
राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचन हुनु केही समय अगाडि पाँचवटा राजनीतिक दलबीच ताजा सहमति भएको थियो।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, र जनता समाजवादी पार्टी नेपाल बीच भएको उक्त सहमतिमा राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो।
यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल समेत फागुन २० मा सकिएपछि राष्ट्रियसभामा नयाँ प्रमुख चयन गरिएको हो।
नयाँ बनेको गठबन्धनमा माओवादी केन्द्रले माथिल्लो सदनको सबैभन्दा ठूलो दलको हैसियतमा अध्यक्ष पद दाबी गरेको जनाउँदै आएको थियो।
राष्ट्रियसभामा हाल माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा ९एमाले०का १०, नेकपा ९एकीकृत समाजवादी०का ८, जनता समाजवादी पार्टी, नेपालका ३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका १, राष्ट्रिय जनमोर्चाका १, राष्ट्रपतिद्वारा मनोनित दुई गरी ५८ सदस्य बहाल छन्।
राष्ट्रपतिबाट एकजना मनोनित हुन बाँकी छ।

