संसदमा पनि कांग्रेस-एमालेको संयुक्त कार्यदल गठन

Uncategorized ताजा समाचार राजनीति

काठमाडौं/संसदका दुई ठुला सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा पनि दुई दलीय कार्यदल गठन गरेका छन्।  पुस ९ गते मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरूको बैठकले कार्यदल गठन गरेको हो । 

संसदको सञ्चालन र त्यहाँ छलफल गरिने विजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाइएको एमाले सचिव एवं संसदीय मामिला विभाग प्रमुख योगेशकुमार भट्टराईले बताउनुभयो । ‘विचाराधीन अवस्थामा रहेका सबै विधेयक पारित गर्ने वातावरण बनाउने गरी हामीले कार्यदल बनाएका हौं’ सचिव भट्टराईले भन्नुभयो, ‘यो कार्यदलले विचाराधीन विधेयकहरुमाथि संसदमा छलफल गर्ने, सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलउने, संसदमा भएका अरु दलहरुसँग छलफल गर्ने जस्ता काम गर्नेछ।’

कार्यदलमा दुवै दलका संसदीय मामिला विभाग प्रमुख, प्रतिनिधि सभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका प्रमुख सचेतक रहनेछन् । कांग्रेसमा संसदीय मामिला विभाग प्रमुख जीवन परियार छन् भने एमालेमा योगेश भट्टराई छन् ।

संसदीय फाँटको काममा सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाउने निर्णय भएको आजको छलफलमा दुवै दलका दोस्रो तहका नेताहरु सहभागी हुनुहुन्थ्यो। बालुवाटारको छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रममन्त्री आरजु राणा देउवा थिए भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो । यसअघि सरकार सञ्चालन र व्यवस्थित गर्न भन्दै कांग्रेस एमालेले ८ सदस्यीय कार्यदल गठन गरेका थिए । उनीहरुले ती कार्यदल केही प्रदेश र जिल्ला स्तरमा समेत बिस्तार गर्दै आएका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *