कोशी सरकारले ल्याएको अध्यादेशप्रति एमालेको असन्तुष्टि, समर्थन फिर्ता लिने चेतावनी

ताजा समाचार प्रदेश राजनीति

झापा / कोशी प्रदेश सभाका पदाधिकारीलाई सवारीसाधन सुविधा र पारिश्रमिक बढाउनेलगायत ऐन संशोधनका लागि ल्याएको अध्यादेश फिर्ता नगरे कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेले चेतावनी दिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले आफू पदमा टिकिरहन एकै पटक सातवटा प्रदेश ऐन संशोधन गर्न अध्यादेश जारी गरेको भन्दै एमाले प्रदेश संसदीय दलले आपत्ति जनाएको हो ।

कोशी सरकारले शनिबार अध्यादेशमार्फत प्रदेशका सातवटा ऐन संशोधन गरेको थियो । अध्यादेशबाट प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५, कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश भवन ऐन २०७६, सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७, कोशी प्रदेश वन ऐन २०७७ र प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गरिएको छ ।

प्रदेश सरकारले माघ ६ मा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ जारी गरी प्रदेश सभाका पदाधिकारीको परिभाषा संशोधन गर्दै थप सेवासुविधा दिने व्यवस्था गरेको थियो । यो व्यवस्थाले अब सबै दलका संसदीय नेता, प्रदेशसभामा रहेका पूर्वमूख्यमन्त्रीसहितले सवारीसाधन सुविधा पाउनेछन् ।

अध्यादेश फिर्ता नलिए समर्थन फिर्ता लिने र विशेष अधिवेशनको माग गर्ने तयारी गरेको एमालेले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *