एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

Share


झापा /राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ ।
आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ ।
यसैबीच केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा १९ जना विद्यार्थी सहभागी हुँदैछन् । कारागारभित्र रहेको जगन्नाथ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् ।कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १ जना महिला र १८ जना पुरुष परीक्षार्थी सहभागि हुदैछन् ।

ताजा समाचार