वास्तु विहारले बिर्तामोडमा बनाउदैछ सुविधा सम्पन्न कोलोनी

ताजा समाचार स्थानिय


झापा । आकर्षक र सुविधा सम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर विल्डिङ प्रा.लि. (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ विगा क्षेत्रफलमा काम थालेको छ । स्थानीय जग्गाधनीहरुसँगको सहकार्यमा वास्तु विहारले घर निर्माणको काम थालेको हो ।
बिर्तामोडमा २४ महिनाभित्र ७७ वटा घर निर्माण पुरा गर्ने योजनासहित काम सुरु गरेको वास्तु विहारले सुविधा सम्पन्न बंलो बनाउने जनाएको छ । २ बिएचके देखि ७ बिएचकेसम्मको घर बनाउने योजना बनाएको वास्तु विहारले सामुदायिक हल, सपिङ सेन्टर, पार्क, मठमन्दिर, स्वीमिङ पुलको सुविधा हुने जनाइएको छ ।
कम्पनीका अनुसार वास्तु विहारले आकर्षक घर निर्माण गरेर हस्तान्तरण गर्नेछ । घर बनाउने सम्झौता गरेपछि सोही अनुसारको घर निर्माण गरेर हस्तान्तरण गर्ने वास्तु विहारले जनाएको छ । घर बनाउन चाहने तर जग्गा र पैसाको व्यवस्थापन नभएको परिवारलाई उक्त परियोजना मार्फत घर निर्माण गर्न सहज हुनेछ । सम्झौता अनुसार रकम बुझाउदै जान सकिने व्यवस्था वास्तु विहारले मिलाएको छ ।
एक जना जग्गाधनी जगन्नाथ खनालले किस्तावन्दीमा घर बनाउन सकिने बताए । वास्तु विहारले व्यवस्थित आवासीय क्षेत्रको रुपमा जग्गा व्यवस्थित गरेको छ, उनले भने – सडक, विजुलीसमेतको व्यवस्था मिलाएर कोलोनीको मोडलमा घरहरु बनाइनेछन् । कोलोनी मोडल भएपछि सबै पूर्वाधार र सुरक्षा व्यवस्था मजवुद हुनेछ ।
नेपाल सरकार उधोग विभाग (विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा) बाट २०८० साल ४ महिना २२ गते टेक्नोकल्चर विल्डिङ प्रालिले नेपालमा घर निर्माणको काम गर्न स्वीकृति पाएको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रक्रिया बमोजिम स्वीकृत प्राप्त गरेको टेक्नोकल्चर (वास्तु विहार) ले सन् २००२ देखि भारतमा काम गरिरहेको छ । विरगंजमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको वास्तु विहारले बिर्तामोडमा शाखा स्थापना गरेर घर निर्माणको काम गरिरहेको छ ।
नागरिकहरुलाई घर बनाउन सहुलियत मुल्य र सजिलो प्रक्रिया प्रदान गर्ने वास्तु विहारले बिर्तामोड नगरपालिकामा ०८१ साउन १७ गते व्यवसाय दर्ता गरेर काम थालेको हो । कम्पनीले सम्झौता बमोजिमको रकम भुक्तानी गरेपछि घर हस्तान्तरण गर्दै जाने बताइएको छ ।
स्थानीय जग्गाधनीसँग घर बनाउन जमिन खरिद गर्ने व्यक्तिले किस्ताबन्दीमा ३० देखि ४० प्रतिशत रकम भुक्तानी गरेपछि जग्गा पास गर्ने व्यवस्था मिलाइएको छ । घर बनाउन जमिन खरिद गर्ने व्यक्तिलाई नक्सा पास गरेर उपलब्ध गराइसके पछि घर निर्माणमा टेक्नोकल्चरले सम्झौता बमोजिम सहजीकरण गर्नेछ, वास्तु विहारका अनुसार घर निर्माण गर्न एकैपटक ठुलो लगानी गर्न नसक्नेहरुलाई लक्षित गरेर बास्तु विहारले सहजीकरण गर्दै जाने छ । बाँकी रकम नियम बमोजिम बुझाउनुपर्ने छ । जमिन पास भइसकेपछि उक्त जमिनमा बास्तु विहारले सम्झौता बमोजिम घर निर्माण सम्पन्न गर्ने जनाइएको छ ।
भारतमा ३६ हजार घर निर्माण गरेर हस्तान्तरण गरिसकेको वास्तु विहारले नेपालमा विरगन्ञ, विराटनगर र बिर्तामोडमा १० हजार निर्माण गर्ने लक्ष्य राखेको छ ।
नेपाल र भारतका पाँच वटा प्रदेशहरुका ६५ वटा शहरमा बास्तु विहारले घर निर्माणको सेवा उपलब्ध गराइरहेको जनाएको छ । जमिन खरिद गर्न पैसाको अभाव हुने, घर बनाउन एकै पटक लगानी गर्न नसक्ने नेपाली नागरिकलाई बास्तु विहारले निर्माणको आधारमा भुक्तानी गर्न मिल्ने गरी सुविधा दिएको जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *