झापा ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन्।
शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिएका छन्।घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन्।
पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएका उनले जानकारी दिएका छन।सोही वडाको स्याक्सिलागोलास्थित आधारभूत स्वास्थ्य चौकीको स्वास्थ्य भवनसहित स्वास्थ्य उपकरण पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ।
त्यस्तैगरी सोही स्थानमा निर्माणाधीन पाँच शय्याको अस्पताल पुरिएको अध्यक्ष भोटेले बताएका छन्। उजका अनुसार कुनै मानवीय क्षति भने भएको छैन।
ग्रामीण विद्युत् कम्पनीको सामग्री बगाएको छ। बाढीपहिरोबाट भएको क्षतिबारे यकिन विवरण प्राप्त भएको छैन। पहिरोले भोटखोलाका विभिन्न सडक अवरुद्ध भएका छन्।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



