ईलाम मिक्लाजुङ गाउँपालिकामा ब्युटी पार्लर तालिम सम्पन्न

ताजा समाचार

सुजन गाैतम /  ईलाम – मिक्लाजुङ गाउँपालिकामा युवा लक्षित कार्यक्रम अन्तर्गत ब्युटी पार्लर तालिम मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ काे  लक्षित कार्यक्रम अन्तर्गत आयोजित तालिममा ७२ जनाले सहभागिता जनाएका थिए।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि कुमार राई रहनु भएको थियोे ।  भने विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत तुला राज थापा मगरकाे उपस्थित रहेको थियोे ।तालिम मिक्लाजुङ गाउँपालिका वडा नं. ८ को आयोजना तथा चन्द्र सूर्य सीप विकास संस्थाको सहकार्यमा माग १३ गतेदेखि फागुन १९ गतेसम्म सञ्चालन गरिएको थियो।

एक महिनासम्म सञ्चालन भएको तालिममा ३६ जनाले बेशिक र  ३६ जनाले एडभान्स तालिम गरि ७२ जनाले तालिम लिएका थिए। प्रशिक्षण लिला देवी पौडेल र सुनिता राईले प्रदान गर्नुभएको थियाे । 

तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै चन्द्र सूर्य सीप विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद अधिकारीले स्थानीय युवाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ यस्ता तालिमहरु सञ्चालन गरिएको बताउनुभयो।

मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष पुण्न बाहादुर राई काे अध्यक्षातामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव उम्मा देवी मगरले गर्नुभएको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *