आइपीएलको १८ औं संस्करण आजदेखि सुरु हुँदै

Share


झापा /इण्डियन प्रिमियर लिग (आइपीएल) को १८ औं संस्करण आजदेखि सुरु हुँदैछ । सन २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ । उदघाटन खेल कोलकातास्थित इडेन गार्डेन रंगशालामा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लुरु आज बेलुका ७ः४५ बजे खेल्दै छन ।

यो बर्षको आइपीएल पुरस्कार राशी मात्रै नेपाली रुपैयाँ ७४ करोडभन्दा बढी रहेको छ । प्राप्त जानकारी अनुसार यो बर्ष आइपीएलका शीर्ष ४ टिमले पाउने नगद पुरस्कारको राशी ७४ करोड ६ लाख ३१ हजार ७१९ नेपाली रुपैयाँ रहेको छ ।उपाधी विजेताले नेपाली रुपैयाँ ३१ करोड ९१ लाख ६२ हजार ४ सय नगद पुरस्कार र ट्रफी पाउने छ भने उपविजेताले करीब २० करोड ६३ लाख ५३ हजार ५ सय नेपाली रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टिमले ११ करोड १५ लाख ४० हजार ९४५ र चौथो हुने टिमले १० करोड ३५ लाख ७४ हजार ८७४ नेपाली रुपैयाँ नगद पुरस्कार पाउने छ । यो बर्ष आइपीएलमा १० वटा फ्रेन्चाइज टिमले सहभागिता जनाउँदैछ । फाइनल खेल मे २५ मा इडेन गार्डेनमै हुनेछ ।

यसैबीच आइपीएलको सबै खेलको प्रत्यक्ष प्रसारण नेपाली च्यानल कान्तिपुर म्याक्स एचडीले समेत गर्ने भएको छ । कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले जनाएअनुसार कान्तिपुर म्याक्स टेलिभिजनले आईपीएलको यस सिजनका सबै ७४ वटै खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

ताजा समाचार