दमकमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको नयाँ नगर कमिटी गठन

ताजा समाचार स्थानिय

सुजन गाैतम दमक

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल दमक नगरको दोस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि हिमाल दङ्गालको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरेको छ।

नवगठित नगर कमिटीमा उपाध्यक्ष अनिता थापा र खगेन्द्र दाहाल, सचिव रोशन सापकोटा, उपसचिव अशोक तिवारी, कोषाध्यक्ष इन्द्रकुमारी दाहाल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा चुडामणि निरौला चेतन, उमा भण्डारी, सान्ता न्यौपाने, खेमराज पौडेल, जुनु ढकाल, अम्बिका खुलाल, इन्द्रकुमारी दहाल, भीम माया भण्डारी, चन्द्रकला ढकाल, र जिवस साह चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोम नाथ ओलीले स्वास्थ्यकर्मीहरूले क्षमता विकास, इमान्दारी र जनसेवालाई प्राथमिकता दिएर सेवा प्रदान गर्नुपर्ने बताए। साथै, उनले पेशागत हकहित संरक्षणका लागि संस्थागत रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए।

अधिवेशनमा नेकपा एमाले झापा सदस्य तथा स्वास्थ्यकर्मी महासंघ इन्चार्ज सुजन खरेल, महासंघका केन्द्रीय सदस्य एवं पाँचथर-ताप्लेजुङ इन्चार्ज नगेन्द्र भट्टराई, महासंघका झापा अध्यक्ष भरत खतिवडा, र एमाले दमक नगर अध्यक्ष राम पौडेलले पनि स्वास्थ्यकर्मीहरूले पेशागत सुरक्षा र जनताको सेवामा समर्पित भएर काम गर्नुपर्नेमा जोड दिए।

दमकमा सम्पन्न यस अधिवेशनले स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण र सेवा प्रवाह सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *