एमाले सुनसरी जिल्ला अध्यक्ष खनालको निधन

ताजा समाचार

इटहरी।

नेकपा एमाले सुनसरी जिल्ला अध्यक्षमा हालै निवार्चित तथा बराहक्षेत्र नगरपालिकाका निवर्तमान मेयर निलम खनालको निधन भएको छ । उपचारको लागि भारत जाने क्रममा नै खनालको निधन भएको एमाले नेताहरुले बताएका छन् । खनाल प्यांक्रियाजको जटिल समस्याको उपचार गराइरहेका थिए । उनी उपचारको लागि भारतको हैदरावाद जाने क्रममा तेलंगना राज्यको कागजनगर पुग्दा अध्यक्ष खनालको निधन भएको पुष्टि एमाले नेता मुरारी सुवेदीले फेसबुकमार्फत गरेका छन् । खनाल यही जेठ पहिलो साता इटहरीमा सम्पन्न एमालेको ८ औं अधिवेशनबाट जिल्ला अध्यक्षमा निवार्चित भएका थिए । पदाधिकारीमा खनालकै प्यानल जितेका थिए । सपथ ग्रहण पश्चात कार्यवाहक दिएर उनी फ्लोअप उपचारको लागि गएका थिए । निवार्चित भएपश्चात खनालको अध्यक्षतामा पदाधिकारी बैठक मात्र बसेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *