झापा- पछिल्लाे समय विज्ञान र प्रविधिकाे धेरै विकास भइसकेकाे छ । हरेक कुराहरु प्रविधि सँग जाेडिएका छन् । त्यस्तै एक हाे एटिएमकाे प्रयाेग । आजभाेलि धेरै मानिसहरुले नगद पैसाको सट्टा एटिएम कार्डको बढी प्रयोग गर्छन् ।एटिएम कार्ड प्रयोग गर्दा छाेटाे समयमा नै पैसा निकाल्न सकिने र बैंकमा लामाे लाइन पनि बस्न नपर्ने भएकाले याे निकै सजिलाे माध्यम बनिसकेकाे छ ।
तर, एटिएम कार्डको प्रयोग गर्दा कतिपय कुरामा ध्यान नदिँदा धेरै समस्याहरु उत्पन्न हुनसक्छन् ।एटिएम कसरी प्रयाेग गर्दा आफ्नाे खाता सुरक्षित हुन्छ ?
– सबै भन्दा पहिला एटिएम मेसिन रहेको कोठामा पसेपछि राम्ररी ढोका लगाउने र पिन हान्दा कसैले नदेख्ने गरी थिच्ने ।– आफ्नो कार्डकाे नम्बर वा पिन काेर्ड अरुसँग शेयर गर्नु हुँदैन ।– पैसा झिक्दा खाताबाट पैसा काटियो तर एटिएमबाट पैसा आएन भने तरुन्त बैंकमा सम्पर्क गर्ने ।– आफ्नो एटिएम कार्डको पिन समय समयमा परिवर्तन गरिरहने ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



