सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् ।
चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता भएको प्रहरी निरीक्षक लामिछानेले बताए ।
जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरू गरेलगत्तै नदीमा चिप्लिएर बेपत्ता भएका थिए । चैनपुर–११ कुइबिरका गजेन्द्र परिवारका ६ जनासहित शनिबार अरुण नदी पुगेका थिए ।शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



