झापा ।पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न बिहीवार अदालतले प्रहरीलाई अनुमति दिएको छ।
सहकारी ठगी प्रकरणमा उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले उनलाई हिरासतमा राख्न म्याद थप्न माग गरेपछि कास्की जिल्ला अदालतले उक्त निर्णय गरेको हो।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका निम्ति आजको मितिबाट थप सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो ।यसअघि अदालतले उनलाई छ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
सहकारी प्रकरणको छानबिनका लागि यसअघि नै पक्राउ परेका गोर्खा मिडियाका सञ्चालकमध्येका छविलाल जोशीलाई पनि प्रहरीले पुनः कास्की लगेर अदालतमा पेस गरेको थियो। उनलाई पनि थप सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
ठगी तथा सङ्गठित अपराधको अभियोगमा गत शुक्रवार प्रहरीले लामिछानेलाई काठमाण्डूबाट गिरफ्तार गरी कास्की पु¥याएको थियो। उनको गिरफ्तारीयता रास्वपाका नेता तथा कार्यकर्ताले सरकारको प्रतिशोधपूर्ण कदम भन्दै निरन्तर विरोधप्रदर्शन गर्दै आएका छन्।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



