झापा। नेपाली कांग्रेस झापाले पार्टीका ५ जना नेता–कार्यकर्तामाथि साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा बसेको बैठकले दुई जना जिल्ला सदस्य र तीन जना क्षेत्रीय प्रतिनिधिलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टीका जिल्ला सदस्य ठमनाथ नेपाल (झापा) र मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधि शम्भु खड्का (कनकाई), टेकनारायण संग्रौला (कनकाई) र दिपेन्द्र थापा (गौरीगञ्ज) लाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरिएको हो।
पार्टी सचिव कृष्ण हुमागाईंले जारी गरेको विज्ञप्तिअनुसार उनीहरूले केही समयदेखि पार्टी हितविपरीत गतिविधि गर्दै आएको र प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीले उठाएका उम्मेदवारविरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



