गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

ताजा समाचार

झापा — वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आज ९सोमबार० अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको छ ।

संगीतकार हरि लम्सालका अनुसार अपरान्ह ४ः३० बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध भक्तराजको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

१९९९ सालमा धनकुटामा जन्मिएका भक्तराजको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा भक्तराजले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।

भक्तराजको वि।सं। २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो। उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो। त्यसपछि उनले गाउन सकेनन्। उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन्।

भक्तराजको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ। फिल्ममा गायकको जिन्दगीका आरोह अवरोह, सफलता र दुस्खहरु समेटिएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *