दमक /देशभर फैलिदै आएको डेंगु नियण्त्रणमा दमक नगरपालिकाले सर्तकताका कार्यक्रम अघि सार्ने तयारी गरेको छ ।
बुधबार एन. एल .आर नेपाल र सारा नेपालको प्राबिधिक था आर्थिक सहयोगमा दमक नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डेंगु फैलने कारण तथा बच्ने उपायका बारेमा नगरपालिकाका बरिष्ठ जनस्वस्थ्य अधिकृत ब्रिजेसकुमार मेहेताले जानकारी गराएका थिए ।
नगर प्रमुख रामकुमार थापाको उपश्थितीमा भएको सो कार्यक्रममा वडास्तरीय कार्यक्रम अभिमुखिकरण गर्ने,खोज र नष्ट गर अभियान सञ्चालन गर्ने तथा जनचेतनाका लागि प्रचार गर्ने निर्णय गरिएको थियो ।

Share