झापा ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
तीन दिन चलेको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासले प्रतीकलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो।
प्रहरीले गत शुक्रबार उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।
यसअघि पक्राउ परेका बिचौलियाहरूले प्रतीकलाई करोडौँ रकम बुझाएको बयान दिएका थिए। बादल गृहमन्त्री हुँदा सचिवालयमा रहेका प्रतीकले नेपालीलाई नक्कली भुटानी शरणार्थीको सूचीमा पारेर विदेश लैजान सहयोग गरेको अनुसन्धानमा खुलेको थियो।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



