बाढी र पहिरोले सङ्खुवासभाको मकालुमा २४ घर परिवार विस्थापित

ताजा समाचार स्थानिय

८ असार,झापा ।सङखुवासभाको मकालु गाउँपालिका अविरल बर्षासँगै आएको बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका छन् । मकालु गाउँपालिका(२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका हुन् ।

अविरल बर्षासँगै आएको बाढी र पहिरोले मकालु २ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।

पहिरोको उच्च जोखिममा परेका २४ परिवार अहिले छिमेकी र आफन्तको घरमा सुरक्षित रुपले सारिएको प्रजिअ खड्काले बताउनुभयो । बाढी पहिरोले मानवीय क्षति भने भएको छैन ।

बाढी पहिरोबाट के कति क्षति भयो भन्ने विवरण संकलनको काम भइरहेका उहाँको भनाइ छ । एकसाता देखि लगातार परेको बर्षाले मकालु गाउँपालिका र भोटखोला गाउँपालिका जोड्ने पक्की पुल बगाएको छ ।

बाढी पहिरोले एकुवा खोलाको करिब ३० मिटर लामो पक्की पुल बाढीले बगाएको प्रजिअ खड्काले बताउनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *