दमककी पूर्ब उपप्रमुख अधिकारी योजना आयोगको सदस्यमा नियुक्त

ताजा समाचार राजनीति स्थानिय

झापा/ दमक नगरपालिकाकी पूर्व नगर उपप्रमुख गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी अधिकारी पूर्व प्राध्यापक समेत हुन् । उनले दमक बहुमुखी क्याम्पसमा लामो समय प्राध्यापन गरेकी थिइन् । उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको प्रमुखमा राप्रपाका रामकुमार थापासंग पराजित भएकी थिइन् ।
यसैगरि, उनीसंगै योजना आयोगको उपाध्यक्षमा डा। शिवराज अधिकारी नियुक्त भएका छन्। उनी यसअघि पनि मीनबहादुर श्रेष्ठ उपाध्यक्ष हुँदा आयोगमा सदस्य थिए। यसअगाडि उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्रमुख थिए । यसैगरि,आयोगका सदस्यहरुमा डा। आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा। प्रकाशकुमार श्रेष्ठ, डा। जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *