झापा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनमा पार्टीका नेताहरुबीच आन्तरिक प्रतिस्पर्धा नगर्न सुझाव दिएका छन्।
झापाको दमक नगर कमिटी दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक एकतामा जोड दिन नेता कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘आपसमा चुनाव लडिरहनुपर्ने केही पनि छैन। एकता गर्नुस्। लड्ने त विपक्षसँग हो। विपक्षसँग लडौँला भिडौँला त्यसका लागि आन्तरिक पार्टीभित्र एकता चाहिन्छ। एकताबद्ध पार्टी हाम्रो मूल मन्त्र हो। पार्टीको आन्तरिक एकतालाई बलियो बनाउन अधिवेशनहरू महत्त्वपूर्ण मोड हुन्छन्। सबै अध्यक्ष हुने होइन। एक जना अध्यक्ष हुने हो। त्यसैले आआफ्नो मुल्यांकन गरेर मिलाएर लगे हुन्छ। मिलेर जान सकिन्छ। मिलेर गइएन भन्ने पनि अध्यक्ष एउटा मात्रै हुन्छ। उठे पनि एक जना मात्रै हुने हो।’
हारेको पीडा सहनुभन्दा र भोट पाइएन भनेर रिसाउनु भन्दा समझदारी गरेर अघि बढ्नु उपयुक्ति भएको हुने बताए।
उनले थपे, ‘समझदारीमा जानको लागि ५ दिनसम्म लम्ब्याउन आवश्यक छैन। एक छिनमा हुने कामलाई किन त्यत्रो खर्च गर्ने
पार्टीको मिसन ०८४ को अभियानमा सफल पार्नको लागि एकजुट भएर लाग्न निर्देशन दिए।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



