एमाले समाजवादी मोर्चामा सहभागी नहुने

ताजा समाचार राजनीति

झापा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । उनले अहिलेको समसामयिक विषयमा प्रधानमन्त्रीसंग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।

दुई नेताबीच संसदमा कांग्रेसको विरोध, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *