कोशी प्रदेश सरकारले भोजपुर हतुवागढीका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।स्थलगत अनुगमनका लागि हतुवागढी पुगेका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले आगलागीमा परी मृत्यु भएका परिवारलाई एक–एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई छिटो र सहज तरिकाले घरमै राहत उपलब्ध गराइएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
गत चैत ३ गते हतुवागढी गाउँपालिका–७ पात्ले पानीमा भएको आगलागीमा परी २ परिवारका तीन बालबालिकाको मृत्यु भएको थियो ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



