भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु

ताजा समाचार हाम्रो झापा

झापा : भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ । 

शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी थिए । उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए । घर फर्किनका लागि उनी दिउँसो सवा २ बजे सिलगुडी जक्सन पुगेका थिए । जक्सन पुग्दा कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेस ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेका थिए । उनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर दुर्घटनामा परेका थिए । रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए ।

उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर ल्याउने र मेची नदीमा दाहसंस्कार गरिने भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *