आइपिएल टी २० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

Share

झापा— भारतमा हुने इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–२० क्रिकेटको नयाँ संस्करण आजदेखि शुरु हुँदैछ । चेन्नई सुपर किङ, दिल्ली क्यापिटल, रोयल च्यालेञ्जर बेङलुरु, कोलकाता नाइट राईडर्स, मुम्बई इण्डियन्स, लखनउ सुपर जायन्ट्स, राजेस्थान रोयल्स र पञ्चाब किङ्स गरी १० वटा टिम सहभागी आईपीएलको उद्घाटन खेलमा चेन्नई र रोयल च्यालेन्जर्स बेंगलोर खेल्दैछन । खेल राति ८ः१५ देखि शुरु हुनेछ । खेल चेन्नईको एम ए चितम्बरम मैदानमा हुँदैछ ।

आइपिएलको उद्घाटन कार्यक्रम भब्य हुने जनाइएको छ । गायकद्वय एआर रहमान र सोनु निगम तथा बलिउड अभिनेताहरु अक्षय कुमार, टाइगर श्राफले उद्घाटनमा कला प्रस्तुत गर्नेछन । एक घण्टासम्म चल्ने उद्घाटन साँझ ६ः४५ देखि शुरु हुनेछ । दुई महिना भन्दा लामो चल्ने आइपिएल क्रिकेटको फाईनल खेल जेठ १३ गते हुनेछ । आइपिएलको बिजेता टिमले २० करोड भारतिय रुपैया प्राप्त गर्नेछ भने उपविजेताले १३ करोड भारतिय रुपैया पाउने छ ।

ताजा समाचार