झापामा एक महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ

ताजा समाचार समाज हाम्रो झापा

झापा — झापामा एक महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा त्यति धेरै फरार प्रतिवादी पक्राउ गरेको हो । अदालतहरुबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका प्रतिवादीहरुमध्ये फागुन महिनाभित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको हो । जसमा१३ बर्ष ६ महिना ११ दिन कैद र ।१४ लाख ६५ हजार ७२२ रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरी उपरीक्षक मिलन केसीले बताए । झापाको प्रहरी प्रमुख भएर आएपछि प्रहरी उपरीक्षक केसीले लागूऔषध नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकता दिएको जनाइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले फागुन महिनाभित्र जिल्लाको बिभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ ओसार पसार भइरहेको रु ३७ लाख ५१ हजार ४४० मूल्य बराबरको कस्मेटिक आइटम, किराना सामग्री, लत्ताकपडा, सवारी साधनका पार्टस तथा बिद्युतीय पार्टसहरु, सूर्तिजन्य पदार्थसहित ९ वटा सवारीसाधन र २६ वटा पशु चौपायालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाएको जनाइएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *