झापा ।
आन्तरिक राजस्व कार्यालय झापाले चालू आर्थिक वर्षको दश महिनामा रु. दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आको साउनदेखि बैशाख मसान्तसम्ममा रु. एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर वापत, रु. ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्क वापत र मूल्य अभिवृद्धि कर वापत रु. ८४ करोड ७६ लाख ४० हजार राजस्व संकलन भएको हो ।
कार्यालयले राजस्व संकलनमा लिएको दश महिने लक्ष्यभन्दा रु. ५१ करोड २३ लाख ५७ हजार राजस्व संकलनमा कमी आएको छ । सो अवधिको राजस्व संकलनको लक्ष्य रु. रु. दुई अर्ब ८९ करोड ४७ लाख ३२ हजार रहेको थियो ।
उद्योगधन्दा तथा व्यापारमा आएको मन्दीका कारण लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालयका प्रमुख काफ्लेको भनाई छ । झापामा ठूला करदाताको रुपमा बिगतमा चिनिएका तीन वटा सिमेन्ट उद्योगहरु मित्तल, मनसा र सनराइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् । व्यापारिक कारोवारमा समेत तीब्रता आउन नसक्दा यसको असर राजस्व संकलनमा परेको उहाँले बताउनुभयो ।
जिल्लामा आन्तरिक राजस्व कार्यालयको कर संकलनको मुख्य स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फर्म र व्यावसायिक प्रतिष्ठानहरु नै रहेको उहाँले बताउनुभयो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



