झापामा ब्राउन सुगर सहित ४ जना पक्राउ

ताजा समाचार स्थानिय हाम्रो झापा

झापा । भारतबाट नेपालतर्फ आउँदै गरेका ४ जनालाई प्रतिबन्धित ब्राउन सुगरसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २ जना युवती रहेका छन् । मेची पुलमा आउँदै गरेका झापा र मोरङका छुट्टा छुट्टै जोडीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार राति करिब ८ः४५ बजे मिक्लाजुङ ९ बस्ने डिकबहादुर कार्की र नाइरा भन्ने कोशिस तामाङ पक्राउ परेका हुन् । उनीहरु सवार प्र- १-०२-०४१ प १०३८ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा ११ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर प्रहरीले फेला पारेको थियो । यसैगरी, आइतबार राति ९ बजेको समयमा मेची पुलबाट पैदल आउँदै गरेका दमक २ सुनखरी बस्ने प्रविण तामाङ र कमला तामाङलाई पनि प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
उनीहरुमाथि शंका लागी चेकजाँच गर्ने क्रममा कपडाभित्र लुकाएर ल्याउँदै गरेको ९ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीद्वारा पक्राउ परेका ४ जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *