सर्वाधिक पुरस्कार राशिको Avaani Premiere League 2024 अष्ट्रेलियाको सिडनीमा आयोजना गरिदै

खेलकुद

अस्ट्रेलिया, Avaani Real Estate र Avaani Cricket Club को संयुक्त आयोजनामा अष्ट्रेलियाको सिडनी सहरमा सर्वाधिक पुरस्कार राशिको Avaani Premiere League 2024 आयोजना गरीने भएको छ । T20 Format मा संचालन हुने उक्त प्रतियोगीता यहीMarch 10 तारिक देखि June 30 तारिकसम्म Everly Park Chester Hill मा हुने भएको हो ।

Avaani Cricket Club सुरु भएको जम्मा पाँच महिनाको अवधिमा सर्वाधिक धनरासीको प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेस्य Nepali Community Cricket को स्तरको विकास, प्रवर्धन अनि विदेशमा भएपनि विभिन्न कारणले क्रिकेट खेल्न नसकेका खेलाडीहरुको Cricketing Skills को विकास गर्ने अभिप्रायले उक्त प्रतियोगिता आयोजना गरीएको Avaani Cricket Club का संस्थापक सन्जय पाण्डे बताउनु हुन्छ । यस प्रतियोगितामा Avaani Cricket Club, ExtraTech Cricket Club, The Kangaroo Cricket Club, Royal Khukuri, Amadablam Blazers, Sagarmatha Cricket Club, Warriors Cricket Club र Laliguras Cricket Club सहभागी रहने छन । प्रतियोगिताको विजेता टिमले $10,000, उपविजेताले $ 3000 नगद, मेडल र प्रमाण पत्र पाउने छन् ।

अन्य Cricket League भन्दा यो लिगमा Power Surge Rule, Ground Rope, Manual Scoring Board लगायतका कुराहरु फरक रहने आयोजक Avaani Cricket League का Club Manager विवेक त्रिपाठी बताउनु हुन्छ । यसैगरी Avaani Crickert Club ले गत Feb 18 तारिकको दिन पत्रकार सम्मेलन गरी Trophy Launch गरेको थियो । उक्त पत्रकार सम्मेलनमा Nepalese Cricket Association of Australia का करण श्रेष्ठ, सुमन गोपाली, Kingsgrove Sports का रोहित खत्री, Naipala का कप्तान विकेश joshi, म्यानेजर संजय बस्नेत, Rey Properties का पासाङ शेर्पा, Buddha Bhumi का कप्तान युवराज मल्ल लगायतका विशिष्ट अतिथिहरुको उपस्थीति रहेको थियो । उक्त कार्यक्रम संचालन भने मदन कोइरालाले गर्नु भएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *