मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

Uncategorized

झापा- विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–१ की अन्दाजी ६० वर्षीया धनमाया खतिवडाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले सोमबार साँझ ५ः३० बजेतिर खतिवडालाई ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा विराटनगरको नोबेल विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ११ः४५ बजेतिर मृत्यु भएको जानकारी न्यौपानेले दिए । उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले विराटनगर महानगरपालिका–३ दूध फारममा सडक पार गर्दै गरेको अवस्थामा खतिवडालाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय आशिष श्रेष्ठ पनि सामान्य घाइते भएका छन् । नोबेलमै उपचारपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *