झापा ।
अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ ।
नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको छ । १०७ रनको झिनो चुनौती नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
म्याक्स ओ’डोडले अविजित रहँदै ४८ बलमा ५४ रन बनाएको इनिङस्मा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए । सोमपालले एक खेलाडीलाई रन आउट गरेका थिए ।
यसअघि अमेरिकाको डालास मैदानमा टस हारेर पहिले ब्याटिङ ग्रेक्ँे नेपालले १९.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्र बनाउन सक्यो ।कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए ।करण केसीले १७, गुल्सन झाले १४, अनिल साह ११, कुशल मल्ल ९, कुशल भुर्तेल , ७ तथा आसिफ शेख ४ ,दिपेन्द्र सिंह ऐरी १ रन बनाएर आउट भए ।
नेदरल्याण्ड्सका लागि टिम प्रिंगल र लोगान भान बीकले समान ३–३ तथा पल भान मिकेरेनले र बास डे लिडे २–२ विकेट लिए ।समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् ।
यो हारसँगै अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ७ तथा नेपालले ५ खेल जितेको छ ।
यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



