कोशीमा प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ताको तयारी

ताजा समाचार प्रदेश राजनीति

झापा/ कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने भएको छ। गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा बस्ने भएका हुन्।
पुनःनामकरण संघर्ष समितिको बुधवार बसेको बैठकले वार्तामा आउने निर्णय भएको संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिए। थेगिमका अनुसार वार्ता आज (बिहीवार) हुने भएको छ।
‘भर्खर हामीले बैठक सम्पन्न गरेका छौँ, सरकारले वार्ताको लागि आह्वान गरेको छ‚’ उनले भने‚ ‘भोलिदेखि वार्तामा बस्छौँ‚ विषयमा छलफल हुन्छ त्यसको लागि पत्र तयार पार्दैछौँ।’ कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *