राष्ट्रपतिलाई एमाले सांसद दाहालको प्रश्न– संसद्को महासचिव नियुक्तिमा तपाईंको चलखेल किन?

ताजा समाचार राजनीति

झापा/नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसद्को महासचिव नियुक्तिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको ढिलाइप्रति आपत्ति जनाएका छन्। 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले कानुनअनुसार सिफारिस भएको संसद्को महासचिवको नियुक्ति छिटोभन्दा छिटो टुंग्याउन माग गरे। 

‘संघीय संसद्को महासचिव पद खाली अवस्थामा छ। भर्खरमात्रै अध्यक्षज्यूले खाली भएको सनुाउनुभयो। अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनपर्ने परिस्थिति किन सुरु भयो?,’ उनले प्रश्न गरे, ‘हामीले कस्तो राष्ट्रपति पायौँ? निकै लामो अध्ययन, चिन्तन गर्ने? राष्ट्रपतिज्यू, अब तपाईंको अध्ययन, चिन्तन बढी भएन र? एउटा संसद्को महासचिवमा तपाईंको चलखेल किन?’

सांसद दाहालले आगामी बैठकमा राष्ट्रपतिमाथि कडा शब्द प्रयोग गर्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे। 

‘हामीलाई कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब दिनुस्। मलाई विश्वास छ, आगामी बैठकमा हामीले सम्माननीय राष्ट्रपतिज्यूको विषयमा अलि बढी कडा शब्द प्रयोग गर्नुपर्ने छैन। राष्ट्रपति भनेको सम्मानीत पद हो, यसको गरिमालाई कायम गर्न आग्रह गर्छु,’ उनले भने।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *